काम सुरु गर्नुहोस् - सफलताका नियम

काम सुरु गर्नुहोस्

सातौं नियम

दौडनुभन्दा पहिले राम्रोसंग उभिने प्रयास गनुहोस् ।

  1. अगाडि बढ्न नतर्सनुहोस् । प्रारम्भ गर्नुहोस् । आरम्भ नै अन्तको सङ्केत हो ।
  2. तपाई आफै अगुवा बन्न चाहनुहुन्छ भने कुनै काम गर्नको लागि आफै अगाडि सर्नुहोस् ।
  3. काम नगरेसम्म योजनाको के मतलब । कुनै पनि योजना कार्यन्वयनको लागि हो । सपनामा महल सजाउयनुभन्दा एउटा कुटी बनाएर जीवन चलाउनु राम्रो हो ।
  4. सबभन्दा ठूलो शत्रु भनेकै उत्साहको कमी हो । उत्साह जगाएर काम थाल्नु नै आफ्नो भविष्य बनाउनु हो ।
  5. भोलिको लागि थन्क्याएको काम आजै गर्न प्रयास गर्नुहोस् । यसले एउटा नयाँ चमत्कार ल्याउँछ ।