आठौं नियम
तपाईले आफैलाई विश्वास गर्नासाथ अरुले तपाईलाई विश्वास गर्छन् ।
तपाईले आफैलाई विश्वास गर्नासाथ अरुले तपाईलाई विश्वास गर्छन् ।
- सधै आत्मसम्मान गर्नुहोस् । अहंकार भन्ने कुरा कहिल्यै नगर्नुहोस् । आफ्नो बारेमा सदा स्वच्छ विचार राख्नुहोस् ।
- आफ्नो सम्मान गर्नु आफूले गरेको सत्कार्य स्वीकार गर्नु हो । तपाई यो संसारमा अद्वितय हुनुहुन्छ भन्ने कुरा सधै स्वीकार गर्नुहोस् । अरु जस्तो बन्ने इच्छा नराख्नुहोस् । अरु जस्तो हुने इच्छा राम्रो होइन ।
- तपाई जस्तो हुनुहुन्छ, त्यस्तो बन्ने प्रयास गर्नु मूर्खता हो । त्यस्तो सोचले दुःख मात्र थप्छ, सुख होइन ।
- अरुको प्रशंसा पाइयोस् भन्ने तर्फ नलाग्नुहोस् । अरुको प्रशंसा पाइएला कि भनी आफ्नो स्वभाव बदल्ने तर्फ लाग्नु राम्रो होइन ।
- बाहिरी शक्तिले आन्तरिक आवश्यकता पूरा गर्दैन । जब तपाई आफै आफ्नो सम्मान गर्नुहुन्न भने त्यस्तो बेलामा अरुले सम्मान गरिदैओस् भन्नु मुर्खता मात्र हो । याद गर्नुहोस् आफ्नो सहयोगी आफू नै हो, अरु होइन ।