परिवर्तशील बन्नुहोस् केही कुरा सिक्दै जानुहोस् योग्य बन्नुहोस् - सफलताका नियम

परिवर्तशील बन्नुहोस् केही कुरा सिक्दै जानुहोस् योग्य बन्नुहोस्

तेस्रो नियम

आफूलाई बदल्न सक्नुहुन्न भने तपाई चलनचल्तीमा आउन सक्नुहुन्न ।
तपाई त्यस बखत आफूलाई परिवर्तन गर्न सक्नुहुन्छ, जुन बेला तपाईमा बदलिने इच्छा हुन्छ ।

  1. परिवर्तन जीवनको मूलभुत कुरा हो । यो एक अवश्यभावी एवं निरन्तर चल्ने प्रक्रिया हो । यसबाट लाभ उठाउनुहोस् ।
  2. सधै याद गर्नुहोस्: परिवर्तन नभई कुनै पनि प्रकारको उन्नति हुनसक्दैन । तपाई जति तयार हुनुहुन्छ, परिवर्तन त्यति नै चाँडो हुन्छ ।
  3. परिवर्तन त्यस बखत मात्र संभव छ, जब व्यक्ति लगनशील बनेर बदलिन चाहन्छ । यो कुरा सम्भव छ, तपाईले यो सम्भावना पूरा गर्न सक्नुहुन्छ ।
  4. परिवर्तनको विरोध गर्नु राम्रो होइन । यसले नकारात्मक सुरक्षालाई सहयोग गर्दछ । त्यसले व्यक्तिलाई तत्कालै निष्क्रिय बनाउँछ ।
  5. सफल व्यक्ति र असफल व्यक्तिमा सबभन्दा ठूलो भिन्नता उनीहरुको परिवर्तनशीलतामा भरपर्छ । परिवर्तन नभई कुनै सुधारको अथवा उन्नतिको सम्भावनै हुन्न ।