दोस्रो नियम
उभिनको लागि सबभन्दा राम्रो धरातल हो तपाईको आफ्नै दई खुट्टा
उभिनको लागि सबभन्दा राम्रो धरातल हो तपाईको आफ्नै दई खुट्टा
- याद गर्नुहोस् तपाई आफूले सोचेभन्दा धेरै योग्य हुनुहुन्छ । असफलताले बुद्धिमान् व्यक्तिलाई केही सिकाउँछ । आफूले आफूलाई विश्वास गर्नासाथ धेरै कुराको समाधान हुन्छ । तपाई प्रतिष्ठा पाउन लायक हुनुहुन्छ भन्ने कुरा बुझ्नुहोस् । अब राम्रो योजना बनाउनुहोस् । अनि अगाडि बढ्नुहोस् ।
- कडा परिश्रम गर्नुपर्छ भनेर नडराउनुहोस् । खुड्किलै खुड्किला चढेर नै पहाडको भञ्ज्याङमा पुग्ने हो ।
- कुनै पनि प्रकारको डर नमान्नुहोस् मनमा ।
- आफ्नो मनबाट सबै खाले नकारात्मक कुरा हटाउनुहोस् आफ्नो प्रगतिमा, आफूले कमाएको प्रतिष्ठामा ध्यान दिनुहोस् ।
- ठूलो सपना देख्ने कुरामा लाज नमान्नुहोस् । एउटा सानो घरको जग राखेर दरबार बनाउन त सकिन्न नि ।
- अरुले तपाईलाई नराम्रो मान्लान् कि भन्ने कुरामा वास्तै नगर्नुहोस् । तपाईको बारेमा बुझ्ने तपाई नै हो । त्यसैले अरुले के भन्लान् भनी किन सोच्ने ?
- आफ्नो वरपरका सफल व्यक्तिलाई हेर्नुहोस् । उनीहरु कसरी प्रस्तुत गर्दछन् । अरुसँग कसरी व्यवहार गर्दछन् ? कस्ता योजना बनाउँदछन् ? कसरी योजना कार्यान्वयन गर्दछन् ? यी सबै कुरा राम्ररी बुझ्नुहोस् ।