पाँचौं नियम
असफलताले हामी सबैलाई बाटो देखाउँछ । असफल हुँदैमा तर्सन हुँदैन ।
असफलताले हामी सबैलाई बाटो देखाउँछ । असफल हुँदैमा तर्सन हुँदैन ।
- जोखिम उठाउनु सफलताको लागि आवश्यक कुरा हो । तपाई जति धेरै कठिन काम गर्नेतर्फ लाग्नुहुन्छ, सफलताको सम्भावना पनि त्यति नै बद्छ ।
- कोशिस गरेर असफल हुनु केही नगर्नुभन्दा त लाखौ गुना महत्वपूर्ण कुरा हो । यसले नै नयाँ अवसर प्रदान गर्दछ ।
- तपाई आफ्नो असफलताबाट केही सिक्नुहुन्छ भने त्यो नै सफलताको लागि एउटा खुड्किला हो ।
- जोखिम उठाउने समय त्यही हो, जब मन त्यस्तो काम गर्न तम्सन्छ ।
- असफलता पनि एउटा चुनौती नै हो । त्यसलाई भुलको रुपमा लिनुपर्छ । त्यो पनि एक प्रकारको शिक्षा नै हो । त्यस्तो कुराबाट तर्सनु मुर्खता हो ।
- सबभन्दा महत्वपूर्ण कुरा त चुनौती स्वीकार्नु हो । यसबाट दुबैतर्फ फाइदै फाइदा । सफल भए नाम, दाम । असफल भए अनुभवको काम ।