उत्तरदायी बन्नुहोस् जिम्मेवारी लिएर अगाडि बढ्नुहोस् - सफलताका नियम

उत्तरदायी बन्नुहोस् जिम्मेवारी लिएर अगाडि बढ्नुहोस्

दशौं नियम

जिम्मेवार तपाई भएपछि राम्रो नराम्रो कुराको श्रेय पनि तपाईलाई नै जान्छ ।

  1. तपाईको जिन्दगी तपाईकै हातमा छ भन्ने कुरा सधै आफ्नो मनमा राख्नुहोस् । अरु कसैले पनि तपाईको जीवनको जिम्मेवारी लिदैन ।
  2. कसैले पनी आफूलाई दुर्भाग्यमा परेको भन्नै मान्नुहुन्न । यसो गरेर केही फाइदा हुँदैन ।
  3. तपाई बालक कालमा दुर्भाग्यको सिकार भएकोले त्यही दुर्भाग्यले सताइरहेको अनुभव भएको छ भने पनि त्यसबाट छुट्कारा लिने प्रयास गर्नुहोस् । यही नै हो आफूलाई प्रगतिको बाटोमा लैजाने एउटा उपाय ।
  4. आफ्ना पुराना दुःखद घटनालाई फेरि सोच्नुहोस् र ती सबै घटनालाई किचिमिचि पारेर फ्याँक्नुहोस् र सफल हुने सपना साँच्दै अगाडि बढ्नुहोस् ।
  5. आफ्नो जीवनमा कस्तो भूमिका निर्वाह गर्ने भन्ने कुरा तपाईकै हातमा छ । आफ्नो जीवनको जिम्मेवारी लिएर प्रगतिको पथमा लाग्नुहोस् ।